आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झापा ३ बाट आयो कांग्रेसका लागि खुसीको खबर, सिटौला यसरी बन्दैछन् बलियो

झापा ३ बाट आयो कांग्रेसका लागि खुसीको खबर, सिटौला यसरी बन्दैछन् बलियो

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २५ २०७९

  • 9.2K
    SHARES

  • झापा ३ बाट आयो कांग्रेसका लागि खुसीको खबर, सिटौला यसरी बन्दैछन् बलियो

    काठमाडौं - देशकै ध्यानकेन्द्रित गर्ने चुनाव क्षेत्रमध्ये झापा ३ पनि पर्छ । किनभने यो क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

    पाँच वर्षअघिको चुनावमा लिङ्देन राप्रपा महामन्त्री थिए । अहिले अध्यक्ष बनेका छन् । त्यसले गर्दा पनि सबैको ध्यान यसपटक झापा ३ मा सिटौला र लिङ्देनमध्ये कसले जित्ला भन्ने चासो बढेको छ ।

    पाँच वर्षअघि यो क्षेत्रमा खसेको कुल सदर मत ७८ हजार ९३२ मध्ये लिङ्देनले ४४ हजार ६१४ अर्थात् साढे ५६ प्रतिशत मत पाएका थिए । सिटौलाले ३१ हजार १७१ अर्थात् साढे ३९ प्रतिशत मत ल्याएका थिए।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस वडाध्यक्ष उम्मेदवारहरूले २१ हजार ७३५, एमालेले १७ हजार ६ र राप्रपाले १६ हजार ९२७ मत पाएका थिए।

    त्यसैले तेस्रो स्थानमा रहेको राप्रपाका लिङ्देनलाई चुनाव जित्न एमालेको ठूलो मत नभई हुँदैन। पाँच वर्षअघि जस्तो यसपालि एमालेको मत सर्लक्कै लिङ्देनलाई नजान पनि सक्छ। यो क्षेत्रमा कांग्रेस एक्लै ठूलो दल बनेको छ ।

    त्यसमा पनि राप्रपाभन्दा कांग्रेसको चार हजार बढी मत छ । माओवादीको पाँच हजार मत छ । दुवै जोड्दा नौ हजार मत हुन्छ । उता एमाले र राप्रपाको तालमेल छ । तर यसपटक एमालेको १७ हजार मत सर्लक्कै नजाने त्यहाँका एमाले नेता कार्यकर्ता बताउँछन् ।

    सधैं राप्रपालाई मात्रै मत हाल्नुपर्ने देखिएपछि यसपटक एमाले मत बाँडिने संकेत देखिएको छ । यदि एमालेको मत सात हजार मात्रै सिटौलाले आफ्नो पक्षमा तान्न सके लिङ्देन पराजित हुने निश्चित छ ।

    त्यही संकेत देखेरै एमाले अध्यक्ष केपी ओलीले लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो भनेर भाषण गरेका हुन् । तर ग्राउन्ड रियालिटी त्यस्तो देखिएको छैन ।

    यसपटक लिङ्देन हार्नुमा मात्रै एमालेका नेता कार्यकर्ताले अर्को निर्वाचनमा आफ्नो भविष्य देखेकाले यसपटक कांग्रेस नेता सिटौला संसद् छिर्ने प्रबल सम्भावना देखिएको खबर आउन थालेको छ । अहिले उनको ध्यान एमालेभित्रको असन्तोषमा केन्द्रित भएको छ । उनले निर्वाचन क्षेत्र छाडेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend