आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सन्दीपलाई १० वर्ष कैद तोकिने सम्भावना

सन्दीपलाई १० वर्ष कैद तोकिने सम्भावना

  • मिडिया डबली
  • बुधवार, पौष २५ २०८०

  • 2.7K
    SHARES

  • सन्दीपलाई १० वर्ष कैद तोकिने सम्भावना

    काठमाडौं -क्रिकेटर सन्दीप लामिछानेको करियर अनिश्चिततातिर अघि बढेको छ । बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई आज सजाय तोकिँदैछ।

    पुस १३ काठमाडौँ जिल्ला न्यायाधीश शिशिराज ढकालको इजलासले सन्दीपले एक किशोरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गरेको थियो। इजलासले सजाय तोक्न पुस २५ गते अर्थात् आजका लागि पेसी राख्न आदेश दिएको थियो।

    बलात्कार मुद्दामा न्यूनतम सातदेखि अधिकतम १० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ। यसअघि उनी उच्च अदालतबाट धरौटीमा छुटेका थिए। धरौटीमा छुटेको र १० वर्षभन्दा कम कैद सजाय तोकिएको व्यक्तिलाई कारागार बाहिरै बसेर जिल्ला अदालतको फैसलाविरुद्ध माथिल्लो अदालतमा मुद्दा लड्न पाउने अधिकार कानुनले दिएकाले उनी बाहिरै रहेर मुद्दा लड्न पाउने बताइएको छ।

    आफूविरुद्ध आज अदालतले सजाय तोकेमा उनले सर्वोच्च अदालतमा पुनरावेदन दिने भएका छन् । तल्लो तहका अदालतले गरेको सजायविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ ।

    सम्भवतः आजै सन्दीपले आफूविरुद्ध तोकेको सजायविरुद्ध सर्वोच्चमा पुनरावेदन दिने भएका छन् । सन्दीप काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भए पनि नेपाल क्रिकेट संघले भने उनीमाथि कुनै कारबाही गरेका छैन।

    अदालतले दोषी ठहर गरेपछि सन्दीप क्रिकेट खेलबाट टाढिँदै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १३ २०७७०८:१८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend