काठमाडौं - कांग्रेसका नेता डा. शेखर कोइरालाले हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई पनि सहभागी गराउनेबारे गठबन्धनमा भएको छलफलका विषयमा आक्रोश व्यक्त गरेका हुन्।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ बिहीबार सामाजिक सञ्जालमा कोइरालाले लेखेका छन्, ‘कारण स्पष्ट छ, सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।’
कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् । यदि एमालेले सहयोग नगरेको भए कांग्रेसका विद्रोही (शेखर पक्ष) सांसदले सरकार बनाउन सक्ने थिएनन् ।
सरकार नबनेको भए कोशीमा मध्यावधि निश्चित थियो । शेखरले राष्ट्रिय सभा निर्वाचनमा एमालेले सत्ता गठबन्धनसँग मिलेर जान खोजेकोमा पनि असन्तुष्ट जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।