आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखरले फेरि सुरु गरे गुटको बैठक, यस्तो छ कारण

शेखरले फेरि सुरु गरे गुटको बैठक, यस्तो छ कारण

  • मिडिया डबली
  • बिहिवार, आषाढ १६ २०७९

  • 4.0K
    SHARES

  • शेखरले फेरि सुरु गरे गुटको बैठक, यस्तो छ कारण

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फेरि गुटको बैठक सुरु गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म सबै केन्द्रीय विभागहरूलाई पूर्णता दिनुपर्ने भए पनि अहिलेसम्म विभाग गठनमा सभापति शेरबहादुर देउवाले चासो नदेखाएपछि शेखरले गुटको बैठक बोलाएका हुन्।

    विधानले व्यवस्था गरेका २८ विभाग अहिलेसम्म गठन हुन सकेको छैन । सभापति देउवाले पार्टीको विधानअनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने कोइराला पक्षले तयारी गरेको छ ।

    भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले मुद्दा बनाउन लागेको हो ।

    सभापतिले नेविसंघ र तरुण दलको नेतृत्व एकलौटी तरिकाले चयन गरेको भन्दै कोइराला निकट एक केन्द्रीय सदस्यले पार्टीभित्र परामर्श गरेर मात्रै चयन गर्ने केन्द्रीय समितिको निर्णयलाई लागू नगरेको बताए ।

    भ्रातृ संस्थालाई पूर्णता दिन पनि कुनै छलफल नगरेकाले छुट्टे छलफल गर्न लागिएको उनले बताए । केन्द्रीय समितिको बैठक बोलाउनसमेत कोइराला पक्षले दबाव दिने भएको छ । विधानअनुसार दुई महिनाभित्र केन्द्रीय समितिको बैठक बस्नुपर्छ ।

    तर चैतदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । केन्द्रीय समितिको बैठक बस्नुअघि आफ्नो पक्षको रणनीति तय गर्न कोइरालाले आफू पक्षीय नेताहरुको भेला गर्न लागेका हुन् । भेलामा स्थानीय तह निर्वाचनको समीक्षासमेत गरिने उनले बताए ।

    सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा एकलौटी निर्णय भएको निष्कर्ष निकालेको कोइराला पक्ष किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनीतपछि थप चिढिएको छ । नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई सभापतिले मनोनीत गरेका छन् ।

    सबै संस्थापन पक्षका हुन् । समयमा महाधिवेशन गर्न नसकी भंग गरिएका १० भ्रातृसंस्थामध्ये ६ वटाले मूल नेतृत्वसमेत पाएका छैनन् । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघ फागुन ३ गते भंग गरेको थियो । पछिल्लो समय कांग्रेसमा अभूतपूर्व एकता कायम छ ।

    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा विवाद देखिनु उचित नभए पनि नेतृत्वले अझैसम्म सबै पक्षलाई नसमेटेको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८०११:१८:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend