काठमाडौं - प्रभु साह नेतृत्वको आम जनता पार्टीको आईटी आर्मीको राष्ट्रिय भेलासहितको विशेष तालिम सम्पन्न भएको छ ।भेलाबाट चन्द्रभूषण साहको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।
पुस १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा राष्ट्रिय भेलासहित सुरू भएको सैनिक तालिम बुधबार सकिएको हो ।
तालिममा विभिन्न जिल्लाबाट युवा जम्मा पारिएको थियो । प्रभु साहले रौतहटको मौलापुरमा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससमेत गराउँदै आएका थिए ।
साह माओवादी छाडेर एमालेमा रहँदा आईटी आर्मीको परिकल्पना गरेका थिए । त्यही आईटी आर्मीलाई अहिले उनले आम जनता पार्टीको अर्धसैनिक बलमा रुपान्तरण गरेका छन् ।
आजपाका अध्यक्ष प्रभु साहले देशका सुरक्षा अधिकारीहरु संकटबारे चिन्तित भएनन् र पार्टीको लुटतन्त्रलाई चोख्याउन लागेमा आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने दाबी गरेका छन् ।तर आईटी आर्मीको मधेस प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाका भने प्रभु साहको भन्दा भिन्नै दाबी गरे छ ।
‘अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटीसम्बन्धी तालिम अत्यावश्यक छ, किनकि आईटीबिना देशको विकास सम्भव छैन । वेदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकोले यो तालिम गर्न लागेको हो,’ उनले भनेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।