आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा नयाँ गुट जन्माउँदै खाँण, बढाए सक्रियता

कांग्रेसमा नयाँ गुट जन्माउँदै खाँण, बढाए सक्रियता

  • मिडिया डबली
  • मंगलवार, पौष १७ २०८०

  • 11.2K
    SHARES

  • कांग्रेसमा नयाँ गुट जन्माउँदै खाँण, बढाए सक्रियता

    काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका कांग्रेस नेता बालकृष्ण खाँण नयाँ गुट जन्माउन सक्रिय भएका छन् ।

    हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका खाँण हिन्दु राष्ट्र पुनःस्थापना अभियानमा लाग्ने संकेत गरेका छन् ।

    उनले पार्टीका केन्द्रीय तहका नेताहरूसँग भेटघाट र छलफल कार्यलाई अगाडि बढाउने क्रममा मंगलबार कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीसँग भेट गरेका छन् ।

    कांग्रेसभित्र हिन्दु राज्यको बहस चलाइरहेका नेता भण्डारी र खाँणबीच आन्तरिक समीकरणबारे छलफल भएको छ । दुईबीच महाराजगञ्जस्थित भण्डारीको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो ।

    भेटवार्ताका क्रममा पार्टीको आसन्न महासमिति बैठक र राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको बताइन्छ । भण्डारीले पूर्वगृहमन्त्री खाँणलाई हिन्दु सनातन राज्यको एजेन्डामा उभिन आग्रह गरेका थिए ।

    नेता भण्डारीले वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, प्रदेश खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उनले राखेका यी विषयहरूलाई खाँणले समेत सकारात्मक रूपमा लिएको उनको सचिवालयले जनाएको छ ।

    कांग्रेसमा हिन्दु राज्य पुनःस्थापनाको अभियान स्व.खुमबहादुर खड्काले अघि बढाएका थिए । तर उनको असामयिक निधनसँगै त्यो एजेन्डा अहिले अलपत्र छ ।

    भण्डारीले विस्तारै अघि बढाउन खोजेका छन् । तर नेतृत्व लिने नेता भेटेका छैनन् । कांग्रेसमा खुमबहादुरको सशक्त गुट थियो ।

    त्यो गुट अहिले सभापति शेरबहादुर देउवासँग छ । अब खाँणले खुमबहादुरको गुटलाई अघि बढाउन सो समूहमा रहेका नेताहरूलाई गोलबन्द गरेर सशक्त गुट बनाउने स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend