आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणसामु विभागीय प्रमुखहरूको ब्रिफिङ, कैदीबन्दीलाई भेट्न दिन निर्देशन

गृहमन्त्री खाँणसामु विभागीय प्रमुखहरूको ब्रिफिङ, कैदीबन्दीलाई भेट्न दिन निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 4.3K
    SHARES

  • गृहमन्त्री खाँणसामु विभागीय प्रमुखहरूको ब्रिफिङ, कैदीबन्दीलाई भेट्न दिन निर्देशन

    काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणसामु गृह मन्त्रालय मातहतका विभिन्न विभागका प्रमुखले कामकारवाहीबारे ब्रिफिङ गरेका छन् ।

    गृह मन्त्रालयको मातहतमा रहेका प्रशासन, सुरक्षा तथा समन्वय, आन्तरिक व्यवस्थापन, कानून, विपत् तथा द्वन्द्व, नीति योजना अनुगमन मूल्यांकन महाशाखा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभागका प्रमुख, सचिव, सहसचिवहरूले ब्रिफिङ गरेका हुन् ।

    सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री खाँणसँग शुक्रबार हालसम्मको विभागीय कार्य प्रगति, योजना र कार्यान्वयनको प्रगति सम्बन्धमा समीक्षा पेश गरिएको छ ।

    मन्त्री खाँणले समग्र विभाग प्रमुखलाई प्रस्तुतीको लागि धन्यवाद दिँदै मातहतका विभागले सरकारको उपस्थिति जनाउनुपर्ने हुँदा सरकारको उपस्थिति अझ प्रभावकारी बनाउन र विभागले अझै सक्रियता बढाउँदै प्रविधि र परिवर्तनलाई जिम्मेवारी पूर्ण बहन गर्न पहिलो प्राथमिकताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    ‘यहाँहरूको सक्रियता, उत्सुकता, जिम्मेवारी र दायित्व पूरा गर्नेमा यहाँहरूको सधैं साथमा रहने विश्वास दिलाउँछु,’ उनले भने, ‘कारागारका कैदीहरूलाई भेट्नका लागि कोरोना संक्रमणका कारणले रोकिएको हुँदा भेट्न जाँदा पीसीआर जाँच गराई रिपोर्ट देखाएर भेट्न दिने प्रबन्ध मिलाउनुहोला ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend