आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता, यी विषयमा कुराकानी

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता, यी विषयमा कुराकानी

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 8.0K
    SHARES

  • सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता, यी विषयमा कुराकानी

    काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच संघीय संसद्को अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुवैबीच संसदको चालू अधिवेशनमा विधेयक अघि बढाउने लगायतका सन्दर्भमा कुराकानी भएको छ ।

    सभामुख सापकोटा र मन्त्री खाँणबीच बाढीपहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे समेत छलफल भएको छ ।

    मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनर्स्थापनाको कार्य अगाडि बढाउने बताएका छन् ।

    सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अगाडि बढाउने उनले बताए । यस वर्ष मनसुनको शुरूआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी सभामुखलाई दिए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो ।

    गत वर्ष समेत बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:१२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend