काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा सोमवार भएको भेटमा २ देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।
भेटमा गृहमन्त्री खाँणले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरे ।
‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ । अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने हाम्रो अपेक्षा छ,’ खाँणको भनाइ उदृत गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस् भन्ने हाम्रो भनाइ हो ।’
राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए । ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाँणसँग भनेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।