काठमाडौं - संविधानसभाको पहिलो निर्वाचनअघि ‘बेबी किङ’ को निकै चर्चा थियो । राजा राख्ने कि फाल्ने भन्ने तीव्र बहस चलिरहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ को अवधारणा ल्याएका थिए ।
अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई नभई हृदयेन्द्रलाई ‘बेबी किङ’ का रूपमा राख्न सकिने गिरिजाप्रसादको आशय थियो । तर तत्कालीन राजा शाहले गिरिजाप्रसादलाई भेट्नै चाहेनन् ।
आन्दोलन उत्कर्षमा पुगेको थियो । माओवादीले राजा कुनै पनि हालतमा राख्न नसकिने अडान लिएको थियो । तर गिरिजाप्रसाद कुनै पनि हालतमा राजतन्त्रलाई स्वीकार गर्न सकिने मनस्थितिमा थियो । ज्ञानेन्द्रमा रहेको दम्भ र अहंकारकै कारण उनले गिरिजाप्रसादलाई भेट्न मानेनन् । गिरिजाप्रसादले धेरैपटक पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चाहेका थिए ।
तर ज्ञानेन्द्रले नचाहेकै कारण गिरिजाप्रसाद माओवादीको मागमा सहमत भएका थिए । त्यसपछि नेपालमा राजतन्त्र समाप्त भएको थियो । अहिले हृययेन्द् बालिग भइसकेका छन् ।
उनले नागरिकता पनि लिइसकेका छन् । पछिल्लो समय राप्रपालगायतका केही दल र समूहले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको नारा बोकेर सडक आन्दोलन गरिरहेका छन् । पूर्वराजा पनि अन्तिम धक्का दिन लागेको देखिएको छ ।
सोही कारण अहिले उनी पृथ्वीनारायण शाहको सालिक अनावरणका नाममा ‘बेबी किङ’ अर्थात् हृदयेन्द्रलाई बोकेर हिँड्न थालेका छन् ।
हालै पश्चिम नेपालमा हजुरबुबा र नाति एउटै मञ्चमा देखिएका थिए । यो तस्बिर देखेर राजावादी दंग देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।