बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नयाँ र प्रतिष्ठितलाई उम्मेदवार उठाउने निर्णयपछि कांग्रेसमा उत्साह

नयाँ र प्रतिष्ठितलाई उम्मेदवार उठाउने निर्णयपछि कांग्रेसमा उत्साह

  • मिडिया डबली
  • आइतवार, पौष १५ २०८०

  • 3.5K
    SHARES

  • नयाँ र प्रतिष्ठितलाई उम्मेदवार उठाउने निर्णयपछि कांग्रेसमा उत्साह
    फाइल तस्वीर

    नेपाली कांग्रेसले राजनीतिमा योगदान गरेका, तर अहिलेसम्म पनि जिम्मेवारी नपाएकालाई राष्ट्रियसभामा पठाउने भएपछि आमकांग्रेसजन उत्साही भएका छन् ।

    तीन दिनसम्म पार्टी कार्यालयमा चलेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

    शनिबार साँझ सम्पन्न बैठकले अवसरबाट वञ्चित र प्रतिष्ठतलाई उम्मेदवारमा समेट्ने तथा समावेशी प्रतिनिधित्व गर्ने निर्णय गरेपछि नेता कार्यकर्ता उत्साही देखिएका हुन् ।

    बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यले राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्ने दबाब दिएका थिए ।

    जवाफमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यले उठाएका भावनालाई समेटेर उम्मेदवार तय गर्ने बताएका थिए ।  ‘राष्ट्रिय सभामा जान धेरै साथी इच्छुक हुनुहुन्छ । गठबन्धनमा पनि छलफल गर्नु छ । थोरै सिटमा सबैलाई समेट्न कठिन छ । अवसर नपाएका नयाँ र योगदान गरेका पुराना साथीलाई मिलाएर लैजानुपर्नेछ । तपाईंहरूको भावनालाई समेटेर लैजाने प्रयास गर्नेछु,’ देउवाले भनेका थिए ।

    उम्मेदवारको अन्तिम निर्णय संसदीय समितिबाट गर्ने कांग्रेस निर्णय छ । बैठकले प्रदेशबाट सिफारिस भएका नाम संसदीय समितिमा पठाउने निर्णय गरेको छ ।

    कांग्रेसले प्रत्येक प्रदेशबाट तीन–तीनजनाको दरले नेताको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर एउटै प्रदेशबाट झन्डै सयजनाको नाम केन्द्रमा पठाइएको छ ।

    एक वर्षअघिको निर्वाचनमा हारेका, समानुपातिक सूचीमा रहेका, पटकपटक अवसर पाउँदै आएका नेतालाई राष्ट्रियसभामा उम्मेदवार बनाउने चर्चापछि चौतर्फी आलोचना भएको थियो ।

    सोही कारण कांग्रेस केन्द्रीय समिति बैठकमा प्रायः सबै नेताले नयाँलाई अवसर दिएका थिए । बैठकका निर्णयबारे कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend