काठमाडौं - नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदैछ ।
शुक्रबारसम्म चल्ने दुई दिने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ भने बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुनेछ ।
सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरि उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मधेश प्रदेश पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । यस्तै मधेश प्रदेशकै सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीको पनि सम्मेलनमा सहभागिता रहनेछ भने पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा सहभागी भएका कोइराला यो सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ । सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।