मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्न चौतर्फी माग

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्न चौतर्फी माग

  • मिडिया डबली
  • बिहिवार, पौष ५ २०८०

  • 3.1K
    SHARES

  • क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्न चौतर्फी माग

    काठमाडौं - क्रिस्चियन धर्म नमान्ने सबै संविधानविरोधी र देशद्रोही हुन् भन्ने अभिव्यक्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्न चौतर्फी आवाज उठेको छ ।

    बुधबार एक सार्वजनिक कार्यक्रममा किराँतीले क्रिस्चियन धर्म विरोधीलाई देशद्रोहीको संज्ञा दिएपछि उनी मन्त्री पदमा बस्न अयोग्य रहेको भन्दै जनताले हटाउन माग गरेका हुन् ।

    संस्कृति मन्त्रालय जस्तो मन्त्रालयको कुर्सीमा बसेको मन्त्रीले क्रिस्चियन धर्मको प्रचार प्रसार गरेको भन्दै उनको व्यापक आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा किराँतीलाई पास्टर मन्त्री भनेर विशेषण दिइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किराँतीलाई तत्काल हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

    उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको किराँतीको अभिव्यक्ति अत्यन्तै खेदजनक रहेको जनाउँदै मन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरेका छन् ।

    ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्,’ रविले भनेका छन् ।

    यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पर्यटनमन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।

    थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानूनअनुसार कारबाही गर्न पनि माग गरेका छन् । बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए–राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् ।

    क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

    उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशतमध्ये ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भनेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८००३:३१:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend