मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

बिहानबिहानै रिसाए पर्यटनमन्त्री, घुस लिएको प्रमाणित गर्न चुनौती

बिहानबिहानै रिसाए पर्यटनमन्त्री, घुस लिएको प्रमाणित गर्न चुनौती

  • मिडिया डबली
  • आइतवार, जेठ १४ २०८०

  • 2.6K
    SHARES

  • बिहानबिहानै रिसाए पर्यटनमन्त्री, घुस लिएको प्रमाणित गर्न चुनौती

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती बिहानबिहानै रिसाएका छन् ।

    आइतबार बिहान सामाजिक सञ्जालमा पोस्ट भएको उनको स्टाटसले उनी निकै आक्रोशित अवस्थामा रहेको सहजै बुझ्न सकिन्छ । आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन लागेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

    उनले आफूले घुस लिएको प्रमाणित गर्न चुनौती पनि दिएका छन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्री किरातीले ‘पशुपति क्षेत्र विकासको कोषको जमिनको विषयमा भूमाफियासँग साँठगाँठ गरेको’ सामग्री प्रकाशित भएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

    किरातीले आफूले कसैसँग घुस लिएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने उल्लेख गरेका छन् । उनले आफूले घुस नलिँदा र लिन नदिँदा आफ्नोबारे कुप्रचार भइरहेको पनि दाबी गरेका छन् ।

    ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा पाँच सयको कात्रो र पाँच फिट जमिन चाहिएला । प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन् ।

    पशुपति विकास कोषको ३१ रोपनी जमिन पहिले नै व्यक्तिका नाममा पारेर किरातीले हालसाविक गर्न खोजेको भन्दै समाचार आइरहेका छन् ।

    पूर्वपर्यटनमन्त्री प्रेम आलेले विकास कोषको ३१ रोपनी जग्गा व्यक्तिको नाममा पार्ने प्रयास भइरहेको संसदमै बोलिसकेका छन् ।

    त्यसमा किराती र पशुपति क्षेत्र विकास समितिका पदाधिकारीको पनि संलग्नता रहेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८००३:३१:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend