मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मासिक २४ लाख भार पर्ने गरी ६१ जना आसेपासेलाई निगममा भर्ती

मासिक २४ लाख भार पर्ने गरी ६१ जना आसेपासेलाई निगममा भर्ती

  • मिडिया डबली
  • बिहिवार, जेठ ११ २०८०

  • 5.0K
    SHARES

  • मासिक २४ लाख भार पर्ने गरी ६१ जना आसेपासेलाई निगममा भर्ती

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती स्टन्टबाज सावित भएका छन् ।

    हरेक दिनजसो मन्त्रालयले गरेका निर्णय फेसबुकमा सार्वजनिक गर्ने मन्त्री किराती अहिले आसेपासेलाई नियुक्ति दिन केन्द्रित भएका छन् ।

    आफूलाई मितव्ययी मन्त्री भनाउन खोज्ने किराती आफूलाई नभई मन्त्रालय शक्तिकेन्द्रले चलाउने भनेर विवादमा आएका थिए ।

    मन्त्री भएको चार महिनामै यिनले ऋण र खर्चको भारमा थिचिएको नेपाल वायुसेवा निगमलाई थला पार्ने निर्णय गरेका छन् ।

    उनले मासिक २४ लाख भार पर्ने गरी आसेपासे र आफन्तलाई जागिर खुवाएका छन्। निगममा पहिलो चरणमा ११ जनालाई नियुक्ति दिएका मन्त्री किरातीले दोस्रो चरणमा थप ५० जनाको नियुक्ति पत्र तयार पार्न लगाएको स्रोतले बतायो ।

    उनले हवाईसम्बन्धी जानकारी नै नभएका बिक्रम राईलाई निगम सञ्चालकमा नियुक्त गराएका थिए। स्रोतका अनुसार जागिरका लागि ६१ जना मात्रै नभएर अन्य दर्जनौँ व्यक्तिको सूची निगममा पठाइएको छ।

    धेरैजसो तेस्रो र चौथो तहका कर्मचारीका रुपमा नियुक्ति गरिएको छ। निगममा चारवटा जहाजका लागि अहिले पनि १२ सयभन्दा बढी कर्मचारी छन्।

    चार वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष युवराज अधिकारी र मन्त्री किराती लागेका छन् । निगमले खरिद गरेको जहाजको ऋणसमेत बढ्दो छ। निगमको ऋण नै ५० अर्बको हाराहरीमा पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८००३:३१:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend