काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा सामान्य हेरफेर गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्रिपरिषदमा हेरफेर गर्न लागेका हुन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा सहभागी हुन तयार रहेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।
जनमतले पर्यटन वा विकासे मन्त्रालय पाउनुपर्ने सर्त राखेको छ । माओवादीबाट मन्त्री बनेकाहरूमध्ये संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकको पद चैट हुने स्रोतले बतायो ।
प्रधानमन्त्री प्रचण्ड मन्त्री किरातीको कामबाट सन्तुष्ट नभएको बुझिएको छ । त्यसैले डेन्जर जोनमा किराती नै रहेको बताइन्छ । यदि किरातीलाई मन्त्री बनाउनै परेमा सामान्य प्रशासनमा सारेर मोदीलाई बिदा गर्ने तयारी रहेको बालुवाटार स्रोतले बतायो ।
उपनिर्वाचनअघि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । गठबन्धनमा रहेर पनि सत्तारुढ दलकै विरोध गरेपछि राउत विवादमा परेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।