आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चार महिनामा नबिल बैंकको खुद नाफा दुई अर्ब १६ करोड

चार महिनामा नबिल बैंकको खुद नाफा दुई अर्ब १६ करोड

  • मिडिया डबली
  • सोमवार, पौष २ २०८०

  • 2.0K
    SHARES

  • चार महिनामा नबिल बैंकको खुद नाफा दुई अर्ब १६ करोड

     काठमाडौं - चालु आर्थिक वर्षको पहिलो चार महिनामा नबिल बैंकले सर्वाधिक दुई अर्ब १६ करोड खुद नाफा कमाएको छ ।

    नबिल सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ । चालु आर्थिक वर्षको कार्तिक महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    नबिल बैंकपछि दोस्रोमा ग्लोबल आईएमई बैंक छ । उसले एक अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ८६ करोड तथा प्राइम बैंकले एक अर्ब ५३ करोड खुद नाफा कमाएको छ ।

    यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख , तथा नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ । यस अवधिमा कृषि विकास बैंक २७ करोड ८८ लाख घाटामा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ६ २०७९१०:१३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend