आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त

नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 6.8K
    SHARES

  • नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त

    काठमाडौँ- नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ।

    २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब तीन वर्षपछि अध्यक्ष बनाएको हो। उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन्।

    तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए।

    नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ। अध्यक्ष शम्भु प्रसाद पौड्याल र सदस्य दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो।

    २०७२ वैशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका शम्भु प्रसाद पौड्यालको पदावधि असोज १७ गते सकिएको छ। नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए।

    अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मानयोग्य रहेको बैंकले जनाएको छ। उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको बैंकले जनाएको छ।

    यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे। उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए।

    त्यसपछि, सन् २०७२ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए। बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनको पनि महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १९ २०७९०८:४२:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend