आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज खाँण छुट्ने सम्भावना कति ?

आज खाँण छुट्ने सम्भावना कति ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर २८ २०८०

  • 3.2K
    SHARES

  • आज खाँण छुट्ने सम्भावना कति ?

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयमा बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको छ ।

    यसअघि खाँणलाई ३० लाख धरौटीमा छोड्ने कि नछोड्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएकाले आज तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो । कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा टुंगो लागिसकेको छैन ।

    आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने छ । आज सुनुवाइ गर्नेले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

    धरौटीमा छोड्ने न्यायाधीश जीवन पाण्डेको आदेशमा समर्थन भएमा खाँण छुट्ने छन् । प्रकाश खरेलको रायमा मत मिलेमा खाँण थुनामै रहनेछन् ।

    तर न्यायाधीशले अघिका दुईबाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

    १५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित नौजनालाई थुनामै राख्न आदेश दिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend