काठमाडौं - नेपाली कांग्रेसले २०८४ को चुनावमा आफ्नो हैसियत माटोमा मिलाउने गरी राजनीति अघि बढाएको छ ।
यसअघि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र समानुपातिक बन्दसूचीमा रहेका नाम झिकेर आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा उनीहरूलाई उठाउने कांग्रेसको तयारी छ । जसको अहिले व्यापक विरोध भइरहेको छ ।
कांग्रेसले ०८४ मा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने भनिरहेको छ ।
कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत अर्को चुनावमा कांग्रेसले एक्लै लड्नुपर्ने गरी आफ्नो संगठन विस्तार गर्न पार्टी लाग्नुपर्ने भनिरहेका छन् ।
तर यही बेला सभापति शेरबहादुर देउवा भने बुढा नेताहरूको व्यवस्थापनमा जुटेका छन् ।
आफूलाई सधैं साथ दिइरहेका नेताहरूलाई नमरिञ्जेलसम्म पद दिने देउवाको चाहना देखिएको छ ।
अहिले कांग्रेसले कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना, अब्दुल सत्तारलगायतलाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बनाउने तयारी गरेको छ । जसमध्ये सिटौला र श्रेष्ठमध्ये एकजनालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने देउवाको दाउ छ ।
सोही कारण कांग्रेसले श्रेष्ठ, ढुंगाना, सत्तार र बालकृष्ण पाण्डेको नाम समानुपातिक सूचीबाट फिर्ता लिइसकेको छ ।
सिटौलाको नाम पनि प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारबाट फिर्ता लिएर उनलाई उनलाई पनि राष्ट्रियसभामा लैजाने तयारी अघि बढेको छ ।
कांग्रेसको यो रणनीतिप्रति सर्वत्र आक्रोश र विरोध सुरु भएको छ ।
बुढा नेताहरूलाई सधैं पदमा लगेर कांग्रेसले कुनै प्रगति र सुधार गर्न नसक्ने भन्दै यसको विरोध भएको छ ।
यसले कांग्रेसको ०८४ को मिसनमा ठूलो घाटा बेहोर्नुपर्ने सामाजिक सञ्जालमा टिप्पणी उठिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।