आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नबिल बैङ्कले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

नबिल बैङ्कले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

  • मिडिया डबली
  • बुधवार, मंसिर २० २०८०

  • 1.7K
    SHARES

  • नबिल बैङ्कले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

    काठमाडौँ - बैङ्किङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैङ्कले कीओस्क मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ।

    यस सुविधा मार्फत बाहिरी क्लियरिङ चेक अब ग्राहक स्वयंले कीओस्क मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने बैङ्कले जनाएको छ।

    यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्।

    यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रूपमा लाभ लिनेमा विश्वस्त रहेको बैङ्कले जानकारी दिएको छ।

    हाललाई नबिल बैङ्कका काठमाडौँ उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ। बैङ्कका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ।

    नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो। बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ।

    नबिल बैङ्कसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक सङ्ख्या पुगेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ६ २०७९१०:१३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend