काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने विषयमा न्यायाधीशबीच राय बाझिएको छ ।
न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको छ ।
जसकारण खाँणका विषयमा अर्को न्यायाधीशको बेन्चमा पेसी तोकेर निर्णय लिइने उच्च अदालत पाटनका उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।
उच्च अदालतले शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका एमाले सचिव टोपबहादुर रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, आङ्टावा शेर्पा, केशव दुलाललगायतलाई थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।