काठमाडौं - मंसिर ९ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका थिए ।
शालिक अनावरणमा शिलालेख पनि राखिएको थियो । बिर्तामोड–१ स्थित इकम कलेजको प्रांगणमा राखिएको ‘श्री ५’ लेखिएको शिलालेख स्थानीय प्रशासनले हटाएको हो ।
संविधानविपरीत पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ उल्लेख गरिएकाले कलेजमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।
शिलालेखमा लेखिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्रांगणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ । सर्वत्र विरोध भएपछि स्थानीय प्रशासनले ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको हो ।
आठ वर्षदेखि सञ्चालनमा रहेको कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्दै आएको छ । पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने बेला राजावादीको शक्ति प्रदर्शन गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वराजा शाहबीच सहमति भएको थियो ।
जसअनुसार मंसिर ९ गते हजारौं मानिसको भिड बटुलिएको थियो । तर तीन नबित्दै शालिकसँगैको शिलालेखमा संशोधन गरिएपछि दुवैको चुरीफुरी एक झट्कामै सेलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।