आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरण : आजदेखि निरन्तर सुनुवाइ, खाँण र रायमाझी छुट्लान् ?

भुटानी शरणार्थी प्रकरण : आजदेखि निरन्तर सुनुवाइ, खाँण र रायमाझी छुट्लान् ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर ५ २०८०

  • 1.7K
    SHARES

  • भुटानी शरणार्थी प्रकरण : आजदेखि निरन्तर सुनुवाइ, खाँण र रायमाझी छुट्लान् ?

    काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको मंगलबारदेखि उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुने भएको छ।

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत प्रतिवादी रहेको मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको हो ।

    जिल्ला अदालत काठमाडौंले असार १ गते थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध रायमाझी, खाँणलगायतले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।

    शरणार्थी प्रकरणमा एमाले सचिवसमेत रहेका रायमाझी, नेपाली कांग्रेस नेता खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका निजी सहायक नरेन्द्र केसी, रामशरण केसी, पूर्वसांसद आङटावा शेर्पा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए। उनीहरू अहिलेसम्म कारागारमै छन् ।

    यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको छैन । यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

    सो प्रकरणमा रहेका अन्य व्यक्तिहरु भने फरारको सूचीमा छन् । खाँण र रायमाझीले आफूहरूको राजनीतिक करियर सिध्याउन शरणार्थी प्रकरणमा मुछिएको दाबी गरेका छन् ।

    स्रोतका अनुसार खाँण र रायमाझी धरौटीमा छुट्न सक्नेछन् । अरु भने आर्थिक कारोबारमा संलग्न भएको देखिएकाले उनीहरूमाथि सजाय र जरिवाना दुवै हुन सक्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend