काठमाडौं - एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री अहिले एकाएक एमाले नेता गोकुल बास्कोटाको प्रतिरक्षामा उत्रिएकी छन् ।
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिक सरकारले मन्त्रिपरिषदबाट पारित गरेपछि झाँक्रीले शुक्रबार एमाले नेता बास्कोटाको प्रतिरक्षा गरेकी हुन् ।
एमाले नेतृत्वको सरकारका बेला तत्कालीन सञ्चारमन्त्री बास्कोटाले सोसल मिडिया, मिडिया काउन्सिललगायतका विधेयक संसदमा दर्ता गर्न खोजेका थिए । तर तत्कालीन् प्रतिपक्षी दलका नेताहरूले त्यसको विरोध गरेका थिए ।
अहिले त्यसबेलै एमाले सरकारले ल्याएको विधेयकमा कमा, फुलस्टपसमेत चेन्ज नगरी वर्तमान सरकारले सामाजिक सञ्जालहरू फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्रीमाथि प्रश्न उठेपछि निर्देशिका ल्याएको हो ।
‘तत्कालीन एमालेको सरकारले खास गरी तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज संझदैछु। त्यो कर्म गलत थियो।आज समाजलाई जता लान खोजिदैछ नी यि सामाजिक संजाल मार्फत गम्भिर बनौ है,’ झाँक्रीले लेखेकी छन् ।
केही दिनअघि एमालेले आयोजना गरेको चियापानमा पुगेकी झाँक्रीले केपी ओलीलाई भेटेपछि उनको विचार परिवर्तन हुँदै गएको अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।