काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सन्की तानाशाह केपी शर्मा ओलीको प्याधा बन्ने महिला राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोल्न पाइने बताएकी छन् ।
काठमाडौंमा आयोजित विरोधसभामा सम्बोधन गर्दै झाँक्रीले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइने तर्क गरिन् ।
झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको आरोप लगाउँदै अखिल नेपाल महिला संघ (अनेमसंघ) का महिलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर पक्राउ गर्न माग गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित भाषण गरेकी झाँक्रीले भनिन्, ‘अँध्यारा कोठामा हुने षड्यन्त्रविरुद्ध बोल्न पाइन्छ । अहिले दरबारमा जस्तै रजाइँ गर्नेहरू संघर्षका बेला कहाँ थिए ? खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके !’
कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको ‘एसिस्टेन्ट’ जस्तै खुसुक्क सही छाप गर्नेविरुद्ध बोल्न पाइने नेत्री झाँक्रीले बताइन् । ‘सम्माननीत संस्था निरंकुशताको साक्षी बस्छ, त्यसको प्याधा बन्छ भने बोल्न पाइन्छ, कसले भन्छ बोल्न पाइँदैन भनेर ?’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिताविरुद्ध भयो । एउटा अहंकारी सबै कुराको सर्वज्ञानी सन्कीको प्याधा बन्नेविरुद्ध बोल्न पाइन्छ, कुनै पदमा लिंग हुँदैन, त्यो सार्वजनिक पद हो ।’
निर्मला पन्त र भागरथी भट्टको बलात्कार हुँदा नबोल्नेहरूले महिला अस्मिताको कुरा गर्न नहुने झाँक्रीले बताइन् । ‘ती महिलाहरू भागरथीका हत्यारालाई कारवाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’ उनले सोधिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।