आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई भ्रष्टाचारीको संरक्षक भन्दै यी नेकपाकी महिला नेत्रीले दिइन् दनक

केपी ओलीलाई भ्रष्टाचारीको संरक्षक भन्दै यी नेकपाकी महिला नेत्रीले दिइन् दनक

  • मिडिया डबली
  • शनिवार, पौष १८ २०७७

  • 6.0K
    SHARES

  • केपी ओलीलाई भ्रष्टाचारीको संरक्षक भन्दै यी नेकपाकी महिला नेत्रीले दिइन् दनक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महिला नेत्री रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न चालेको कदमको जतिसुकै निन्दा गरेर पनि नपुग्ने टिप्पणी गरेकी छन् ।

    शनिवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै झाक्रीले प्रधानमन्त्री ओलीसँग संसद् विघटन गर्ने अधिकार नै नभएको भन्दै विरोध जनाएकी छन् ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनाको निर्णय गरेपछि सत्तारुढ नेकपा विभाजित बनेको छ । पार्टी विभाजनमा प्रचण्ड–नेपाल पक्षमा रहेकी नेतृ झाक्रीले ओलीको कदमलाई असंवैधानिक भएको दोहोर्‍याउँदै आएकी छन् ।

    झाक्रीले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेको र हावादारी गफ दिएको आरोप समेत लगाएकी छन् । काम गर्न नसक्दा संसद जानुको साटो संसद नै विघटन गर्नु गलत हुने झाक्रीको तर्क रहेको छ । 

    ‘भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य हो । हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो । काम गर्न सकिनँ भनेर जाने संसदमा हो । संसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन,’ झाक्रीले लेखेकी छन्, ‘यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend