काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिन सक्ने बताएकी छन् ।
शनिवार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियोमार्फत् भावुक हुँदै झाक्रीले आफू मारिन सक्ने बताइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको उनले बताएकी छन् ।
ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका व्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छन् । संविधानको चीरहरण गर्नेहरूलाई बालुवाटार र शितलनिवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।
करीब १ घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्दासम्म भोग्नुपरेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताइन् ।
केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आजको अवस्था सिर्जना भएको बताउँदै उनले ओली र भण्डारीको निरंकुशता १ महिनामै अन्त्य गरिदिने चेतावनी दिएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।