आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रहरीले पक्राउ गर्न खोजेपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया, गलतविरुद्ध बोल्न नछाड्ने !

प्रहरीले पक्राउ गर्न खोजेपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया, गलतविरुद्ध बोल्न नछाड्ने !

  • मिडिया डबली
  • मंगलवार, माघ २७ २०७७

  • 4.8K
    SHARES

  • प्रहरीले पक्राउ गर्न खोजेपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया, गलतविरुद्ध बोल्न नछाड्ने !

    काठमाडौं – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले खोजिरहेका बेला उनले प्रतिक्रिया जनाएकी छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले बाग्लुङ जिल्ला सदरमुकाममा मंगलवार आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेत्री झाँक्रीले आफूले राष्ट्रपति पदको नभई कार्यशैली र भूमिकाको विरोध गरेको स्पष्टीकरण दिइन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भनेर आलोचना भएपछि प्रहरीले झाँक्रीलाई पक्राउ गर्न खोजेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा प्रहरीले झाँक्रीलाई पक्राउ गर्न खोजेको प्रहरी स्रोतले जनाएको छ ।

    नेत्री झाक्रीले कुनै पद र पात्रको नभई गलत प्रवृत्तिविरुद्ध आवाज उठाएको प्रतिक्रिया दिएकी छन् । उनले राष्ट्रपति भण्डारीले संसद विघटनजस्तो संवेदनशील विषयमा समेत केवल साक्षी बस्ने काम मात्र गरेको गुनासो गरिन् ।

    ‘राष्ट्रपति सम्मानित पद हो, मुलुकुको अभिभावक पनि हो, सोही अनुसार भूमिका निर्वाह गर्नुपर्छ,’ नेत्री झाक्रीले भनिन्, ‘प्रधानमन्त्रीले स्वेच्छाचारी रूपमा असंवैधानिक कदम चाल्दा पनि राष्ट्रपतिले रोक्ने प्रयास नै नगर्नु दुर्भाग्य हो ।’ 

    उनले शाह वंशीय राजतन्त्रविरुद्ध यस्तै प्रश्न गरेर आन्दोलित हुँदै आएको पुस्ता भएकाले गलत कार्यशैली र भूमिकाबारे निरन्तर प्रश्न उठाइरहने उद्घाटन समेत गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend