आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

सिंहदरबारको एउटा बैठक जसले लिँदैछ नेताहरूको हुर्मत

सिंहदरबारको एउटा बैठक जसले लिँदैछ नेताहरूको हुर्मत

  • मिडिया डबली
  • बुधवार, कार्तिक २२ २०८०

  • 2.3K
    SHARES

  • सिंहदरबारको एउटा बैठक जसले लिँदैछ नेताहरूको हुर्मत

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार सिंहदरबारमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, नेसपा, लोसपालगायतका दलको बैठक बस्यो ।

    जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत वितरण र उनीहरूको व्यवस्थापनका लागि बैठक बसेको होला भन्ने सबैलाई लागेको थियो ।

    तर बैठक संविधान र गणतन्त्रलाई चुनौती दिने शक्तिहरूको ‘चलखेल’ बढेको र त्यसका लागि एक भएर प्रतिवाद गर्ने निष्कर्षसहित टुंगिएपछि मंगलबारदेखि नै बुढा नेताहरूको आलोचना हुन थालेको छ ।

    नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एक हुनुपर्ने निष्कर्षमा पुगेका हुन् । गणतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याउँदै आवश्यक परे प्रतिवाद गर्न तयार रहेकोसमेत जनाएका छन् ।

    शीर्ष नेताहरूले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने काम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    आमजनताले जाजरकोट र बाजुराका भूकम्प पीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि राष्ट्रिय सहमति जुटाउन, आशन्न जाडोमा तराईका सम्भावित शीतलहरबाट विपन्नलाई बचाउन कम्बल, न्यायो कपडा, न्यानोका लागि अन्य प्रबन्ध मिलाउन, अर्थतन्त्रमा अचम्मैसँग देखिएको आर्थिक सुस्तीका समाधान खोज्न बसेको होला, केही राम्रो निर्णय गर्लान् भन्ने अपेक्षा गरेकामा सत्ता, शक्ति र स्रोतमा कसरी आलोपालो मिलाइ आफूले मात्रै कुुण्डली मार्ने भन्ने विषय वरपर केन्द्रीत भएको र स्वार्थ अनुकूलको संविधानलाई कसरी निरन्तरता दिने ? मा केन्द्रीत भएपछि ठूला दलका नेताहरूको आलोचना हुन थालेको हो ।

    कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्। मंगलबार प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा वर्तमान व्यवस्था जुटाउन सबै एकजुट हुने सहमति भएकोप्रति लक्षित गर्दै महामन्त्री थापाले गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताहरूले निभाएको भूमिका महत्त्वपूर्ण रहेको भन्दै अब उनीहरूले विश्राम लिनुपर्ने टिप्पणी गरेका छन् । शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए यो व्यवस्थालाई केही नहुने उनको भनाइ छ।

    इतिहासले शीर्ष नेताहरूको योगदान सधैं सम्झिने पनि उनले बताए। जनता विपदमा परेका बेला गणतन्त्रको उपलब्धि जोगाउन भन्दै नेताहरूले सहमति गरेपछि अहिले उनीहरूको सोच र बुद्धिमाथि आक्रोश उत्पन्न भएको छ । बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा बुढा नेताहरूको हुर्मत लिन लागिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २० २०८३१०:२८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend