आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपालको अर्थतन्त्र सुधारतर्फ, सबैजसो सूचक सकारात्मक

नेपालको अर्थतन्त्र सुधारतर्फ, सबैजसो सूचक सकारात्मक

  • मिडिया डबली
  • मंगलवार, आश्विन ३० २०८०

  • 3.1K
    SHARES

  • नेपालको अर्थतन्त्र सुधारतर्फ, सबैजसो सूचक सकारात्मक

    काठमाडौं - नेपालको अर्थतन्त्र विस्तारै ट्रयाकमा आउन लागेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा अर्थतन्त्रका सबैजसो सूचकहरु सकारात्मक देखिएपछि अर्थतन्त्र ट्रयाकमा आउन लागेको विश्लेषण गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । जसमा चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको उल्लेख गरेको छ ।

    अघिल्लो वर्षको साउन र भदौमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो। चालू खाता र शोधनान्तर स्थिति बचतमा भएकाले विदेशी मुद्रा सञ्चितिले १० महिनाको वस्तु तथा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

    असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३ दशमलव ९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब रुपैयाँले धनात्मक रहेको छ। अघिल्लो वर्षको दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक थियो।

    शोधनान्तर स्थिति पनि ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो।

    भदौ महिनामा एक खर्ब १२ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रेको छ । साउन महिनामा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    भदौमा चार अर्बले कमी आए पनि असोजमा बढ्ने अपेक्षा गरिएको छ । विगत दस महिनादेखि नेपालमा मासिक एक खर्ब रुपैयाँभन्दा बढीका दरले रेमिट्यान्स भित्रन थालेको हो ।

    २०७९ मंसिरमा एक खर्ब दुई अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा त्यसयता प्रत्येक महिना एक खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ । एक वर्षभन्दा बढी समयदेखि नेपालको अर्थतन्त्र ओरालो लाग्दै आएको थियो ।

    नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले अर्थ मन्त्रालय सम्हालेपछि अर्थतन्त्रले सुधारको संकेत देखाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १२ २०८००२:५९:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend