आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसकै सांसद सुनिल शर्मा किन माग्दैछन् अर्थमन्त्री महतको राजीनामा ? यस्तो छ भित्री रहस्य

कांग्रेसकै सांसद सुनिल शर्मा किन माग्दैछन् अर्थमन्त्री महतको राजीनामा ? यस्तो छ भित्री रहस्य

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १२ २०८०

  • 6.2K
    SHARES

  • कांग्रेसकै सांसद सुनिल शर्मा किन माग्दैछन् अर्थमन्त्री महतको राजीनामा ? यस्तो छ भित्री रहस्य

    काठमाडौं - नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा यतिबेला पार्टीबाटै अर्थमन्त्री बनेका डा.प्रकाशशरण महतको राजीनामा मागिरहेका छन् ।

    संसद् र संसदीय समिति बैठकमा शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै अर्थमन्त्री महतको पनि राजीनामा माग्दै आएका छन् ।

    शर्माले बुधवारको प्रतिनिधिसभा बैठकमा सरकारले अवैध सुन भित्र्याउने नाइकेलाई अविलम्ब पक्राउ नगरे आमरण अनशन बस्ने धम्की दिए।

    उनले सुन भित्रिएको प्रकरणमा अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको भन्दै दुवैजनाको राजीनामा मागेका छन्। गाउँको भरियालाई मात्रै जेलभित्र कोचेर मुख्य नाइके नपक्डिकन बस्छु भन्ने सोच नराख्न चेतावनी दिँदै उनले अनशनको घोषणा गरे।

    सत्तारुढ दलकै सांसद भए पनि उनले प्रतिपक्षलाई समेत उछिनेर मन्त्री अर्थमन्त्रीको राजीनामा मागेका छन्। जबकि अहिलेसम्म एमालेले समेत अर्थमन्त्री महतको कार्यशैलीमा प्रश्न उठाएको छैन । एमालेले गृहमन्त्री श्रेष्ठको भने राजीनामा माग गरेको छ ।

    जाँचपास भएर विमानस्थलबाट निस्किसकेको एक क्विन्टल सुन पक्राउ गरेकोमा स्याबासी दिनु वा सरकारको मनोवल वढाउनुको सट्टा शर्माले किन उट्पट्याङ गरिरहेका छन् ? भन्ने जिज्ञासा कांग्रेसकै नेता कार्यकर्ताको मनमा पनि उठेको छ। उनी मोरङ ३ बाट निर्वाचित भएका हुन् ।

    एसएलसीको सर्टिफिकेटदेखि हालसम्मका शर्माको अधिकांश काम विवाद र शंकाको घेरामा छन्। विशेषगरी मेडिकल क्षेत्रमा उनी बदनाम छन्।

    विराटनगरमा रहेको नोबेल मेडिकल कलेज र काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालका सञ्चालक शर्मा अर्थ मन्त्रालयले स्वास्थ्य बिमाबापतको रकम निकासा नगरेपछि अर्थमन्त्री डा.महतविरुद्ध खनिएको बताइएको छ ।

    उनको नोबेल मेडिकल कलेजले ३० करोडभन्दा बढी स्वास्थ्य बिमाबापतको रकम सरकारबाट पाउनुपर्ने बताइन्छ । अर्थमन्त्री महतले सो रकम निकासा नगरेकैले शर्मा हात धोएर पछि लागेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १५ २०८००५:२२:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend