काठमाडौं - अर्थमन्त्री डा.प्रकाशशरण महतले आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक आयव्यय प्रस्तुत गर्दै छन् ।
संघीय संसदको दुवै सदनमा केही बेरपछि उनले बजेट प्रस्तुत गर्न लागेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ ।
मन्त्रिपरिषद्को बैठकले भर्खरै बजेटको अंक पारित गरेको हो । अघिल्लो वर्ष सरकारले १७ खर्ब ९१ अर्बको बजेट ल्याएको थियो । यसपटक ४० अर्ब कमीको बजेट आउन लागेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।