काठमाडौँ - रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले मंगलबार सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएका कारण प्रमुख साहको पद रिक्त भएको जानकारी गराएको हो ।
एमालेबाट निर्वाचित साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्यागसम्बन्धी ऐनबमोजिम साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
२०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आमजनता पार्टीमा प्रवेश गरेकी छन् । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गरेका हुन् ।
अहिलेसम्म स्थानीय जनप्रतिनिधि अन्य दलमा प्रवेश गर्दा कारबाही भएको थिएन । निर्वाचन आयोगले एमालेको दबाबमा यस्तो निर्णय गरेको आम जनता पार्टीका नेताहरू बताउँछन् । साह पहिले माओवादी हुँदा पनि मेयरमै निर्वाचित भएकी थिइन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।