आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपा फेरि पनि हुस्स, लिङ्देनको दाउ फेल खायो

राप्रपा फेरि पनि हुस्स, लिङ्देनको दाउ फेल खायो

  • मिडिया डबली
  • आइतवार, आश्विन २८ २०८०

  • 2.6K
    SHARES

  • राप्रपा फेरि पनि हुस्स, लिङ्देनको दाउ फेल खायो

    काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपा कोशी प्रदेशमा सरकार बनाउने र ढाल्ने पोजिसनबाट रिङ आउट भएको छ ।

    शुक्रबार बिहान राप्रपाको पदाधिकारी बैठकले कोशीमा तठस्थ बस्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै महत्व दिएर राप्रपालाई सरकार निर्माण र सञ्चालनमा सहभागी हुन आग्रह गरेका थिए ।

    तर राप्रपाले आफ्नो सहयोगविना कोशीमा सरकार बन्न नसक्ने, जसकारण मध्यावधि निर्वाचनमा जाँदा आफूलाई फाइदा देखेको थियो । तर एमालेले आफ्नो सहयोगमा कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि राप्रपाको अहिले ओठमुख सुकेको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कोशी घटनामा असफल बनेका छन् । उनको रणनीति फेल खाएको छ । लिङ्देनले कोशी घटनामा राप्रपाले कस्तो निर्णय लिनुपर्ला भनेर सामाजिक सञ्जालमा सुझाव लिएका थिए ।

    तर राप्रपाको पदाधिकारी बैठकले आवश्यक परे फेरि निर्णय गर्नसकिने भन्दै तठस्थ बस्ने निर्णय गरेको थियो । कांग्रेसको एउटा सानो घटक र एमाले सांसदकै सहयोगमा कोशीमा सरकार बनेपछि राप्रपाले अब कस्तो रणनीति अख्तियार गर्ला भन्ने चासो देखिएको छ ।

    कोशीमा कांग्रेसको एक घटकलाई सरकारको नेतृत्व दिएर एमालेले सभामुख लिने रणनीति बनाएको छ । यसअघि कोशीमा माओवादीका बाबुराम गौतम सभामुख थिए ।

    तर सरकार बनाउने र ढल्ने गरेका कारण माओवादीले सभामुख पद गुमाएको थियो । कांग्रेसले राप्रपालाई सभामुख दिएर सरकारमा सहभागी हुन प्रस्ताव पनि गरेको थियो ।

    तर राप्रपाले धेरै पाउने आशमा हात लाग्यो शून्यको अवस्थामा पुगेको छ । अहिले राप्रपा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी फर्काउने असफल प्रयासमा लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend