आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

इलाम २ मा कांग्रेसबाट डम्बर खड्का नै उम्मेदवार बन्ने, कुन दलबाट कसको चर्चा ?

इलाम २ मा कांग्रेसबाट डम्बर खड्का नै उम्मेदवार बन्ने, कुन दलबाट कसको चर्चा ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १२ २०८०

  • 11.5K
    SHARES

  • इलाम २ मा कांग्रेसबाट डम्बर खड्का नै उम्मेदवार बन्ने, कुन दलबाट कसको चर्चा ?

    काठमाडौं - इलाम २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त छ ।

    प्रतिनिधिसभाले इलाम २ मा सांसद पद रिक्त भएको जानकारी गराएसँगै निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गर्ने छ । उपनिर्वाचन मिति तय नभए पनि निर्वाचनलाई ध्यानमा राख्दै नेताहरूको दौडधुप सुरु भएको छ ।

    उपनिर्वाचनमा एमालेसँगै नेपाली कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी होमिने भएका छन् । इलाम २ मा नेम्वाङका कान्छा छोरा सुहाङको चर्चा निकै छ ।

    राजनीतिमा त्यति सक्रिय नभए पनि सुहाङ बाबु सुवासचन्द्रको उत्तराधिकारी बन्न सक्ने बताइन्छ । एमाले जिल्ला उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू बुद्धि खनाल र रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ ।

    लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आंकलन गर्न गाह्रो छ । नेपाली कांग्रेसबाट २०७९ को निर्वाचनमा नेम्वाङसँग ११४ मतले पराजित डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने भएका छन् ।

    उनी कांग्रेस इलाम सभापति पनि हुन् । सामाजिक साथै विकासका काममा खड्काले गरेको योगदान इलामेली जनताले बिर्सेका छैनन् । चुनाव हारे पनि उनले निर्वाचन क्षेत्र छाडेका छैनन् ।

    गत निर्वाचनमा पार्टीकै अर्को समूहले अन्तर्घात नगरेको भए खड्का नै विजयी हुने निश्चित थियो । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि आन्तरिक कसरतमा लागेका छन् ।

    एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र खनालबिच फाटो सुरु हुन थालेसँगै खनाल एमालेमा आएर उम्मेदवार बन्ने चर्चा छ ।

    कोशी प्रदेश सरकार एमालेको बनाउन सहयोग गर्ने र इलाम–२ मा आफू उम्मेदवार बन्ने खनालको खेलको पनि चर्चा भइरहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र थापाको चर्चा सुरु भएको छ । पार्टीले आवश्यक ठानेर टिकट दिएमा आफू उम्मेदवार बन्ने उनले संकेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend