काठमाडौं – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष डम्बर खड्काले नेकपाका वरिष्ठ नेता झलनाथ खनालमाथि गम्भीर टिप्पणी गरेका छन्। संसद विघटनको विरुद्ध इलामको फिक्कलमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेता खड्काले कांग्रेस फुटाउँछु भनेर अभिव्यक्ति दिने झलनाथ खनाललाई नेकपा किन फुटाएको भन्दै व्यंग्यात्मक प्रश्न सोधेका हुन्।
विगत २६ वर्षदेखि झलनाथ खनाललाई इलामका जनताले निर्वाचित गराउँदै पठाउने गरेपनि विकास नगरेको भन्दै उनले पदको लागि मात्रै काम गरेको आरोप लगाए। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गराएपछि कांग्रेस देशैभरी आन्दोलित छ।
आज कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार देशका १६५ निर्वाचन क्षेत्रमा संसद विघटनको विरुद्धमा कांग्रेसको विरोध प्रदर्शन कार्यक्रम थियो। निर्वाचन क्षेत्र १ को फिक्कलमा जिल्ला सभापति हिमालय कर्मचार्य, महासमिति सदस्यहरु टिकाराम लेप्चा, बन्दना अधिकारी, पुर्व क्षेत्रिय सभापति भीष्म प्रधानलगायत सहभागी भएको विरोध सभामा हजारौं कार्यकर्ताको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।