काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी डम्बर खड्काले इलामको नेकपा वरिष्ठ नेता झलनाथ खनाल चुनाव जितेको क्षेत्र सूर्याेदय नगरपालिका–१ गोर्खेस्थित अपाङ्गता क्षेत्रमा कार्यरत स्वावलम्बन समूह नामक संस्थाका १८ जना अपाङ्गता भएका विद्यार्थीका परिवारमार्फत् जाडोमा प्रयोग हुने न्यानो ओढ्ने फाइबर सिरक ब्लांकेट उपलब्ध गराएका छन् ।
गोर्खेस्थित वडा कार्यालय प्राङ्गणमा स्वालम्बन समूहका अध्यक्ष ध्रुवकुमार प्रधानको सभापतित्वमा भएको कार्यक्रममा खड्काले ब्लांकेट उपलब्ध गराएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि, युवा नेता खड्काले सत्कर्म र सत्विचार लिएर कर्म गर्न सके मानिसको जीवन सफल रहने, सन्ततीलाई राम्रो हुने र समाज समेत परिर्वतन हुने बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य भिष्म प्रधान, रोशन बुढाथोकी लगायतले जनप्रतिनिधिभन्दा ज्यादा काम गरेको भन्दै प्रशंसा गर्नुका साथै धन्यवाद समेत प्रकट गरेका थिए ।
आयोजक समितिले विद्यार्थीका अभिभावकलाई सम्मान समेत गरेका थिए ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।