काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले पूर्वी इलामको ऐतिहासिक विद्यालय कर्फोक माध्यमिक विद्यालयमा स्थापित सरस्वती मन्दिरलाई १ थान धातुजडित सरस्वतीको मूर्ति हस्तान्तरण गरेका छन् ।
नेता खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व जिल्ला शिक्षा अधिकारी अर्जुन निरौलामार्फत मूर्ति विद्यालय परिसरमा पुगेर हस्तान्तरण गरेका छन् ।
विद्यालयका पूर्व शिक्षक डम्बर कटवालको समन्वयमा अनौपचारिक कार्यक्रममाझ विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व शिक्षक नेत्र पोखरेल, विनोद अधिकारी, गणेशप्रसाद आचार्य लयायतको उपस्थिति रहेको थियो ।
शिक्षक गणेश सुवेदीले समेत बहिनीको नाममा गणेशको मूर्ति हस्तान्तरण गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।