आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता डम्बर खड्काले बाँडे ३० वृद्धवृद्धालाई कम्बल, ६ जना सम्मानित

कांग्रेस नेता डम्बर खड्काले बाँडे ३० वृद्धवृद्धालाई कम्बल, ६ जना सम्मानित

  • मिडिया डबली
  • मंगलवार, माघ १३ २०७७

  • 7.8K
    SHARES

  • कांग्रेस नेता डम्बर खड्काले बाँडे ३० वृद्धवृद्धालाई कम्बल, ६ जना सम्मानित

    काठमाडौं – नेपाली कांग्रेसले इलाम नगरपालिकामा आयोजना गरेको सम्मान कार्यक्रममा युवा नेता डम्बर खड्काले ३० जना गरीब वृद्धवृद्धालाई कम्बल बाँडेका छन् ।

    इलाम नगरपालिका–१० गोदकको आयोजनामा भएको कार्यक्रममा पार्टीका ६ जना अग्रज कार्यकर्तालाई सम्मान गरेको छ ।

    विगत लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएका अग्रज कार्यकर्तालाई नेपाली कांग्रेसका युवा नेता डम्बर खड्का, पार्टी जिल्ला सहसचिव नरबहादुर सुवेदी र जिल्ला सदस्य भिष्म प्रधान र वडा सभापति रिखिलाल गौतमले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

    अग्रज कार्यकर्ता केशरकुमार राई, रुद्र सुवेदी, अभिकेशर अधिकारी, सरिना लेप्चा, दिलबहादुर प्रधान र महेश्वर सुवेदीलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा नेता खड्काले सूर्याेदय नगरपालिका–१०, १३, १४ गोदकका ३० जना गरीब दीनदुःखीलाई जाडो समयमा अतिआवश्यक पर्ने कम्बल बाँडेका छन् ।

    नेता खड्काले स्थानीय स्तरमा सहयोगापेक्षी परिवार र व्यक्तिलाई सहयोग गर्दै आएका छन् । पछिल्लो समय कम्युनिस्ट नेताहरू बदनाम भएको बेला नेता खड्का इलाममा लोकप्रिय बनेका छन् ।

    141808384_129813032242373_7891551669241316302_n.jpg143079858_250121413161405_1903193552001980400_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend