आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

देउवा क्याम्प छाड्दै बालकृष्ण खाँण

देउवा क्याम्प छाड्दै बालकृष्ण खाँण

  • मिडिया डबली
  • सोमवार, आश्विन ८ २०८०

  • 10.4K
    SHARES

  • देउवा क्याम्प छाड्दै बालकृष्ण खाँण

    काठमाडौं - नेपाली कांग्रेसमा १५औं महाधिवेशन लक्षित गतिविधि तीव्र भएको छ ।

    कांग्रेसको विधानअनुसार अब शेरबहादुर देउवा तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न मिल्दैन । सोही कारण अहिलेदेखि नै नेतृत्वका आकांक्षी देखिएका नेताहरूले सक्रियता बढाएका हुन् ।

    कांग्रेसमा अहिलेसम्म संस्थापन समूह बलियो छ । तर केही प्रभावशाली नेताहरूले देउवा समूह छाड्ने तयारी गरेका छन् । प्राप्त सूचनाअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, एनपी साउदलगायतका नेता १५औं महाधिवेशनसम्म अर्कै कित्तामा भइसक्नेछन् ।

    खाँणबाहेकका महत, साउद र बस्नेत अहिले मन्त्री छन् । उनीहरू अहिले पार्टी गतिविधिमा देखिएका छैनन् । तर खाँण र उनी निकट नेताहरूले भने संस्थापन समूह छाड्ने तयारी गरेका छन् ।

    खाँणलाई डा.शेखर कोइरालाले निरन्तर जेलमा गएर भेटिरहेका छन् । अहिलेसम्म उनले दुईपटक खाँणलाई भेटेर कुराकानी गरेका छन् । खाँणसँग शेखर कोइरालाको भेट अर्थपूर्ण मानिएको छ ।

    १५औँ महाधिवेशनका लागि नयाँ शक्ति सन्तुलन बनाउने रणनीतिअनुसार उनले भेट गरिरहेको बुझिएको छ । खाण पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला नेता हुन्, साथै उनी कांग्रेसभित्र बलियो पकड भएका नेतामध्येका एक पनि हुन् ।

    कोइरालाले पछिल्लोपटक शनिबार सुन्धारा पुगेर खाणसँग भेट गरेका थिए । यसअघि १३ भदौमा पनि कोइराला खाणलाई भेट्न गएका थिए । भेटमा खाँणले सभापति देउवाबाट कानुनी लडाइँलगायतमा अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका थिए ।

    यही असन्तुष्टिलाई क्यास गरेर आफ्नो समूह बलियो बनाउने रणनीतिमा कोइराला लागेको नेताहरूको भनाइ छ । गत साउन ७ मा केन्द्रीय समिति बैठकमा कोइरालाले भुटानी शरणार्थी प्रकरणले नेपालको छवि धुमलिएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने बताएका थिए ।

    ‘सुशासन ः भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन् । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन,’ बैठकमा उनले भनेका थिए ।

    तर अहिले तिनै कोइरालाले खाँणलाई निरन्तर भेट गर्नुले अर्कै सन्देश गएको छ । कोइरालानिकट स्रोतका अनुसार उनी संस्थापनसँग असन्तुष्ट केन्द्रीय सदस्य, जिल्ला सभापति र जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा छन् ।

    यसैअनुसार उनले महाधिवेशनमा हार–जितमा भूमिका खेल्न सक्ने खाँणसँग सम्पर्क बढाएका हुन् । १५औँ महाधिवेशनकेन्द्रित रणनीतिअन्तर्गत पछिल्लो समय कोइरालाले इतर समूहलाई पकडमा राख्ने र संस्थापनतर्फका नेतालाई रिझाउने प्रयास गरिरहेका छन् ।

    सभापतिको तयारीमा लागे पनि उनले औपचारिक घोषणा गरेका छैनन् । बरु भदौ २२ मा कोइरालाले सभापतिका लागि दौडिने समय आइनसकेको जिकिर गरेका थिए ।

    १४औँ महाधिवेशनमा यसैपटक एकपटक भन्ने नारासहित शेखर मैदानमा उत्रिएका थिए । १५औं महाधिवेशनमा वर्तमान महामन्त्री गगन थापाले पनि सभापति उठ्ने तयारी थालिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend