आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एलजीको ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ अभियान सार्वजनिक

एलजीको ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ अभियान सार्वजनिक

  • मिडिया डबली
  • सोमवार, आश्विन १ २०८०

  • 4.0K
    SHARES

  • एलजीको ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ अभियान सार्वजनिक

    काठमाडौँ - नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दशैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाइत दशैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ ।

    यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्ने एलजीले जनाएको छ ।

    यस योजना अन्तर्गत एलजीको लागि नेपालको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेनमेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ ।

    साथै ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्ने र एक्सचेन्ज अफरको मजा लिन पनि सक्ने सीजीले जनाएको छ ।

    त्यसैगरी ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने चौधरी ग्रुपले जनाएको छ ।

    नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्ने सीजीले जनाएको छ । यो अभियान भदौ २५ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू हुने पनि चौधरी ग्रुपले जनाएको छ ।

    यस्तो छ सीजीले जनाएको योजना अन्तर्गत ग्राहकले पाउने सुविधा

    – एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन–एयर फ्राइर ।

    – एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो ।

    – एलजी डबल डोर फ्रिज (जीएलके २९२ एसएलटीएल बाहेक) को खरिदमा फ्यान र कुलर र उपहार बक्स ।

    – सिंगल डोर फ्रिजमा क्यासब्याक,

    – माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,

    – एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० किलो र माथि)को खरिदमा इन्डक्सन कुकर,

    – ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,

    – टप लोड ट्विन टबको खरिदमा ४ लिटर एरियल म्याटिक लिक्कइड

    – एलजी डिशवाशरको खरीदमा डिशवाशर किट

    – एलजी भ्याकुम क्लिनरको खरिदमा चपर

    – एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर

    साथै यस अवधिभित्र एलजीको टीभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ६ २०७९०३:२१:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend