काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० शिखर सम्मेलनमा विश्वका नेताहरूसँग १५ द्विपक्षीय बैठक गर्ने भएका छन् ।
सेप्टेम्बर ९ अर्थात् आजदेखि संघीय राजधानी नयाँदिल्लीमा हुने सम्मेलनमा मोदीले विश्वका नेताहरूसँग द्विपक्षीय बैठक गर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मोदीले आज (शुक्रबार) अमेरिकी राष्ट्रपति जो बाइडेन तथा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग आफ्नो निवासमा बैठक गर्नेछन् ।
सम्मेलनका क्रममा उनले बेलायत, जापान, जर्मनीका नेतासँग पनि द्विपक्षीय बैठक गर्ने समाचारमा उल्लेख छ ।
उनले आइतबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग लन्च बैठक गर्नेछन् । मोदीले कोमोरोस, टर्की, यूएई, दक्षिण कोरिया, ब्राजिल तथा नाइजेरियाका नेतासँग पनि द्विपक्षीय वार्ता गर्ने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।