आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

वुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २२ २०८०

  • 5.1K
    SHARES

  • वुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

    काठमाडौँ- वुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ।

    नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहनेलाई सुविधा उपलब्ध गराउन नबिलसँग सहकार्य गरेको हो।

    सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिलले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी बजारमा उपलब्ध छ।

    यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ। वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ।

    वुलिङ एयर ईभी इन्डोनेसियामा लोकप्रिय इलेक्ट्रिक कार हो। ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्।

    वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ। यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ।

    अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ।

    रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ६ २०७९१०:१३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend