काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणको पहल गर्ने बताएका छन्।
एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न सोमबार श्रीलंका पुगेका नेपालीहरुको प्रशंग उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत मेयर साहले यस्तो जानकारी दिएका हुन्।
काठमाडौं आसपासमा एक सय रोपनी जति जग्गा सरकारले उपलब्ध गराए त्यसमा क्रिकेट मैदान बनाउने पहल महानगरपालिकाले गर्ने बताए।
रङ्गशाला र केहि ठूला प्रतियोगिताहरु हुने हो भने खेलको सहज विकास हुन सक्ने भन्दै उनले एउटै प्रतियोगिताबाट करोडौँ रुपैयाँ आर्जन गर्न सकिने बताए।
महानगरपालिकाले खेलाडी र तल्लो तहका खेलाडीको सिकाइका लागि सकेसम्म हरेक वडामा बलिङ नेट राख्ने प्रबन्ध यसअघि नै गरिसकेको पनि जानकारी दिएका छन्।
नेपाल र भारतबीचको खेल हेर्न विश्वका विभिन्न देशमा रहेका करीब दुई हजार नेपालीहरु सोमबार श्रीलंका पुगेको भन्दै श्रीलंकाको अध्यागमनका कर्मचारी समेत चकित पर्दै एकै पटक नेपालीहरु ओईरिनुको कारण सोधेको साहको भनाइ छ।
श्रीलंका खेल हेर्न पुगेको नेपालीहरुले मात्रै करीब ३० करोड रुपैयाँ बराबरको खर्च गरेको हुनसक्ने उनले अनुमान गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।