आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
स्थानीय तह निर्वाचन

मै हुँ भन्ने नेताहरूमाथि बालेन साहको धावा

मै हुँ भन्ने नेताहरूमाथि बालेन साहको धावा

  • मिडिया डबली
  • बुधवार, जेठ ४ २०७९

  • 5.6K
    SHARES

  • मै हुँ भन्ने नेताहरूमाथि बालेन साहको धावा

    काठमाडौं - स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको मतलाई सबैले स्वीकार्नुपर्ने टिप्पणी गरे ।

    उनले बालेनले जसरी काठमाडौंका मतदातालाई आफूहरूले बुझाउन नसकेको स्वीकारोक्ति मात्र गरेनन्, अबदेखि उम्मेदवार चयनमा नेपाली कांग्रेसले फरक तरिका अपनाउनुपर्ने धारणा पनि राखे ।

    मंगलबार नै एमाले सचिव योगेश भट्टराईले काठमाडौं महानगरमा मात्र होइन, सबैतिर पार्टी नेतृत्वले उम्मेदवारी चयनमै गलत गरेकाले अहिलेको अवस्था पार्टीले भोग्नुपरेको टिप्पणी गरे ।

    उनले गठबन्धन र उम्मेदवारकै कारण आफ्नो पार्टीले कमजोर परिणाम ल्याएको स्वीकार गरे । स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा कांग्रेस ठूलो पार्टी बन्ने दिशामा अघि बढेको छ ।

    कांग्रेसले अहिलेसम्म एक सय ८८ स्थानीय तहमा जित हासिल गरेको छ भने एक सय २५ तहमा अग्रता लिइरहेको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेको थियो । तर, यसपटकको निर्वाचनमा माओवादी केन्द्रले नसोचेको परिणाम हात पारेको छ ।

    एमालेले धेरै नेता कार्यकर्ता लगे पनि माओवादीको जनाधार घटेको देखिएन । यी सबै घटना भइरहँदा पनि अहिले सबैको ध्यान काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले खिचेका छन् ।

    उनले एमाले र कांग्रेस जस्तो स्थापित पार्टीका उम्मेदवारलाई मतगणनामा धेरै पछाडि छाडेपछि नेपालका मै हुँ भन्ने नेताहरूको ओठतालु सुकेको छ । प्रमुख दल र नेताहरूमाथि बालेनले धावा बोलेका छन् । अहिलेकै जस्तो भोट प्याटर्न गएको भए काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले जित्ने निश्चित छ ।

    त्यही कारण पनि अहिलेसम्म एमाले अध्यक्ष केपी ओलीले बाहिर केही बोल्न सकेका छैनन् । दुई दिनअघिसम्म आफू नै मेयरमा विजयी हुने दाबी गर्ने केशव स्थापितसमेत भूमिगत भएका छन् ।

    बालेनले कोर सिटीमा पनि राम्रो भोट पाइरहेका छन् । देशकै राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेमा यसको म्यासेज अर्कै ढंगले जाने भएकाले पनि अहिले सबैजसो दलका नेताहरूको बोल्ती बन्द भएको छ ।

    बालेनले मेयरमा जितेमा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवार निकै चुनौती बन्ने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १३ २०७९०२:१६:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend