आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले गरे अर्को हावादारी घोषणा, तलबले र्यापरको शालिक नबन्ने भएपछि अर्को लफडा! 

बालेनले गरे अर्को हावादारी घोषणा, तलबले र्यापरको शालिक नबन्ने भएपछि अर्को लफडा! 

  • मिडिया डबली
  • शनिवार, आषाढ २५ २०७९

  • 4.3K
    SHARES

  • बालेनले गरे अर्को हावादारी घोषणा, तलबले र्यापरको शालिक नबन्ने भएपछि अर्को लफडा! 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले र्यापर स्व. अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन बजेट विनियोजन गरेको छ। सालिक बनाउन बजेट छुट्टाएपछि मेयर बालेन्द्र शाहको चौतर्फी आलोचना भइरहेको छ।

    आलोचना हुन थालेपछि शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका छन्। आलोचना खेप्न नसकेका बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेपनि महानगरले भने औपचारिक रुपमा केही बोलेको छैन।

    बालेन्द्रको यो घोषणासँगै अब कति महिनाको तलब खर्च गर्दा यमबुद्धको सालिक बनाउन पुग्ने रकम जम्मा हुन्छ? भन्ने बहस सुरु भएको छ।

    नेपालको संविधानको धारा २२७ अनुसार स्थानीय तहका जनप्रतिनिधिको तलब र सेवा सुविधा तोक्ने जिम्मा सम्बन्धित प्रदेशहरुको मातहतमा हुने उल्लेख छ।  बागमती प्रदेश सरकारले पनि ऐन नै बनाएर स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी पहिलो संशोधन जारी गरेको छ। 

    ऐन अनुसार  महानगरका प्रमुखले ४७ हजार तलब पाउनेछन्। यसका अलवा विदेश भ्रमणका क्रममा १२५ अमेरिकी डलर रकम पाउने पनि ऐनमा उल्लेख छ। त्यस्तै, मासिक १५० लिटर डिजेल–पेट्रोल र ५ लिटर मोबिल उपलब्ध गराउने ऐनमा उल्लेख छ।

    अहिले काठमाडौं महानगरपालिकाले सालिक निर्माणका लागि १५ लाख रकम विनियोजन गरेको छ। बालेन्द्रले झण्डै ३ वर्षको तलब रकम खर्च गर्दा यमबुद्धको सालिक बनाउन  विनियोजित रकम पुग्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend