आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनका प्रहरी प्रमुखले दिए जनता भड्काउने अभिव्यक्ति, चौतर्फी आलोचना 

बालेनका प्रहरी प्रमुखले दिए जनता भड्काउने अभिव्यक्ति, चौतर्फी आलोचना 

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 3.3K
    SHARES

  • बालेनका प्रहरी प्रमुखले दिए जनता भड्काउने अभिव्यक्ति, चौतर्फी आलोचना 

    काठमाडौं– काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिएका छन् ।

    काठमाडौं महानगरपालिकाले आइतबार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए । निजी जग्गामा पार्किङ गरिएको सवारी उठाएको भन्दै स्थानीयले नियम विपरीत काम गर्न महानरका प्रतिनिधिलाई आग्रह गर्दा नगरप्रहरी प्रमुख पाण्डेले गाडीमा आगो लगाउनु भन्दै उत्तेजकप्रेरित अभिव्यक्ति दिएका थिए । 

    उनले महानगरको सवारी नै जलाउन चाहे पनि जलाउनुस् भन्दै भीडलाई थप उत्तेजित बनाएपछि अनामनगर क्षेत्र केही बेर तनाबग्रस्त बनेको थियो । महामनगर प्रहरी प्रमुख पाण्डेले निजी जग्गामा समेत पार्किङका लागि नक्सा पास गरेको हुनुपर्ने जस्ता अपाच्य अभिव्यक्ति दिए ।

    उनले निजी ठाउँमा केही पनि गर्न नपाइने जस्ता अभिव्यक्ति दिएको थियो जसमा आम सर्वसाधारणहरुले विरोध जनाएका थिए । काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खाली ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्सा पास गरेको देखाउनु पर्ने दाबी पाण्डेले गरे ।

    नगर प्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिपछि सर्वसाधारणहरु आक्रोशित बनेका थिए ।  त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सन्तोष ढुंगेलले पनि अनामनगर क्षेत्रका घरधनीले व्यवसायिक नक्शा पास नगरेको भन्दै निजी निवासमा पनि पार्किङको नक्सा पास हुनुपर्ने धारणा राखेपछि पीडितहरुले ढुंगेल विरुद्ध नाराबाजी गरेका थिए ।

    महानगरपालिकाले ज्यादती गरेको भन्दै स्थानीयले महानगरको गाडीलाई झन्डै ४ घण्टा नियन्त्रणमा लिएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend