शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले लुम्बिनीमा हरि र राधाबीच प्रतिस्पर्धा, भिडन्त भने विष्णु र शंकरको

एमाले लुम्बिनीमा हरि र राधाबीच प्रतिस्पर्धा, भिडन्त भने विष्णु र शंकरको

  • मिडिया डबली
  • सोमवार, भाद्र १८ २०८०

  • 7.5K
    SHARES

  • एमाले लुम्बिनीमा हरि र राधाबीच प्रतिस्पर्धा, भिडन्त भने विष्णु र शंकरको

    काठमाडौं - एमालेमा केपी ओलीपछि अध्यक्ष को भन्ने चर्चा सुरु भइसकेको छ । ओलीको उत्तराधिकारी अहिलेसम्म यही हो भन्ने नेता देखिएका छैनन् ।

    ओलीले ११औं महाधिवेशनमा पनि अध्यक्ष बन्न ७० वर्षे उमेरहद हटाएकाले कोही पनि खुलेर बाहिर आउन नसकेका हुन् । तर पनि एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई नै भावी अध्यक्ष मानिएको छ ।

    ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ ‘डेट एक्सपायर्ड’ भएकाले विष्णु र शंकर नै अध्यक्षको लाइनमा रहेको चर्चा चलेको हो । एमाले लुम्बिनी प्रदेशको अधिवेशनले पनि यो कुरा पुष्टि गरेको छ ।

    एमाले लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु र महासचिव शंकरबीच को बलियो भन्ने प्रतिस्पर्धाले अध्यक्ष ओलीको निर्देशन धोती लागेको छ । एमालेले आन्तरिक निर्वाचनमा गुट उपगुट बनाउन नपाइने सर्कुलर नै जारी गरेको छ ।

    तर लुम्बिनी प्रदेश अध्यक्षका लागि पौडेल र पोखरेल समूह खुलेआम रूपमा प्रतिस्पर्धामा उत्रेका छन् । लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै शनिबार ओलीले नेताहरूलाई सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिएका थिए ।

    सचिवालयका ६ नेता रहेको प्रदेशमा लफडा भएको भन्दै आइतबार राति नै नेतृत्व टुंग्याउन मञ्चबाटै भनेका थिए । एमालेका १९ सचिवालय सदस्यमध्ये लुम्बिनीमा उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् ।

    आइतबार बिहानको बन्दसत्रमा पनि ओलीले सहमतिमै अधिवेशन सक्न निर्देशन दिए । प्रदेश इन्चार्ज पद्‌मा अर्याललाई नेतृत्व टुंग्याउन भनेर उनी काठमाडौं फर्किए ।

    तर, ओलीको बोलीको अवज्ञा हुने देखिएको छ । लुम्बिनीको प्रदेश अध्यक्षको दाबी गरिरहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

    सोमबार बिहान १० बजेसम्म उमेदवारी दर्ताको समय छ । अध्यक्षमा उम्मेदवारी दिएका कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।

    बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सहमतिको प्रयास भइरहे पनि उनीहरू एकले अर्कालाई छाड्न मानेका छैनन् । विष्णु बुटवलमै छन् भने शंकर पोखरेल चीन भ्रमणमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १३ २०७७१२:०९:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend