शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउँदै, बामदेवलाई के ?

ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउँदै, बामदेवलाई के ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 10.9K
    SHARES

  • ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउँदै, बामदेवलाई के ?

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्। राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लैजानेभएपछि हालका अर्थमन्त्री डा. युवराज खतिवडाको पद स्वतः समाप्त हुने छ।  

    यस्तो अवस्थामा अबको अर्थमन्त्री को? धेरैलाई चासो हुन सक्छ। नेकपा भित्रका दुई पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने पूर्वानुमान धेरैको छ। 

    तर, ओलीले आफ्ना विश्वास पात्र पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेको स्रोतको दावी छ। बामदेवलाई मन्त्री बनाउन संवैधानिक अड्चन छ। जसका कारण अर्थमन्त्रीमा पौडेलले बाजी मार्ने ओली निकट एक नेताले जानकारी दिए। 

    पौडेलबाहेक अर्का नेता पाण्डेको अर्थमन्त्री बन्ने संभावना निकै कम रहेको नेकपासम्बद्ध अधिकारीहरू बताउँछन्। उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रलाई नै अर्थमन्त्री बनाउने भएकाले पाण्डेको संभावना नै नरहेको उनीहरूको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:११:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend